काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जोखिम लिएर सेना समायोजन र हतियार व्यवस्थापन गरेको बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलमा भाग लिँदै उनले मध्यरातमा जोखिम मोलेर सहमति भएको बताएका हुन् ।
‘सेना समायोजन हतियार व्यवस्थान निकै जटिल थियो । नेतृत्वले जोखिम नउठाएको भए जनताको नजरमा विश्वस्त नभएको भए सेना व्यवस्थापन सजिलो थिएन,’ उनले भने, ‘रातारात भोलि बिहानसम्म पर्खियौँ भने देशमा दर्घटना हुनसक्छ भनेर ११ बजे राति खनुखराबा र कुनै जटिलता बिना हतियार र सेना व्यवस्थापन भयो ।’
हतियार र सेना व्यवस्थापनबाट पार्टीले क्षति व्यहोरे पनि देश बचेको प्रचण्डले बताए । ‘सेना समायोजन र हतियार व्यवस्थापनबाट एउटै क्षति पार्टीले व्यहोर्नुर्पयो । हतियार व्यवस्थापन गरेबापत पार्टी विभाजन भयो । पार्टीले क्षति व्यर्होयो, देश बच्यो,’ उनले भने ।