• जेष्ठ २ २०८३, शनिबार

अरुण नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन अनुरोध

श्रावण ३० २०८१, बुधबार

संखुवासभा ।  संखुवासभास्थित निरन्तरको वर्षाले अरुण नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको जनाएको छ ।

मकालु गाउँपालिकाकाे फाक्सिन्दा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेकाले नदी आसपासका बासिन्दाहरूलाई थप सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।