• मंसिर १२ २०८१, बुधबार

प्रतिनिधिसभाको बैठक बस्दै,‘टीआरसी’ विधेयकमाथि छलफल हुने

श्रावण ३० २०८१, बुधबार

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले  कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरिनेछ ।