काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले संसद भवन अगाडिबाट पक्राउ गरेको छ ।
राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गर्दै विगत सात दिनदेखि माइतीघरमा नेल लगाएर प्रदर्शन गरिरहेका उनी मंगलबार संसद प्रवेश गर्न खोजेका थिए । नेल लगाएर संसद भवनमै प्रवेश गर्न खोजेपछि प्रहरीले गिरफ्तार गरेको हो ।
सुनार लामो समयदेखि दलित अधिकारका लागि आन्दोलन तथा अभियान चलाउँदै आएका छन् ।