• मंसिर १२ २०८१, बुधबार

सङ्क्रमणकालीन न्याय सहजीकरण संयन्त्रको बैठक बस्दै

असार २० २०८१, बुधबार

काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि गठन बनाइएको संयन्त्रको पहिलो बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा रहेको नेकपा एमाले संसदीय दलको कार्यालयमा जारी रहेको छ ।

बैठकमा नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा सहभागी छन् ।

यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्याउन सहमत भएका थिए । संयन्त्रले टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्नेछ ।