• मंसिर १२ २०८१, बुधबार

७ दिने स्पष्टीकरण मागसहित २६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

चैत्र १९ २०८०, सोमबार
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २६ वटा निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सो अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको हो ।