• जेष्ठ ८ २०८३, शुक्रबार

मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

आश्विन ९ २०८०, मंगलवार

काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको ‘आक्रमण’मा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

अस्पतालमा उपचारका लागि भर्ना भएकी लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमायाया दुराको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा प्रदर्शन गरेका थिए।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विरोधमा उत्रिएका आफन्तले अस्पतालमा तोडफो गर्नुका साथै चिकित्सकमाथि हातपात समेत गरेको प्रहरीले जनाएको छ। चिकित्सकमाथि आक्रमणको आरोपमा कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३४ वर्षीय बिनय गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।