काठमाडौं। नेपाल राष्ट्र बैंकले कात्तिक १८ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ २९ पैसा र बिक्री दर १५१ रुपैयाँ ८९ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८६ पैसा कायम भएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०२ रुपैयाँ ८९ पैसा र बिक्री दर २०३ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १८४ रुपैयाँ ८३ पैसा र बिक्री दर १८५ रुपैयाँ ५६ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ५० पैसा र बिक्री दर १०५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ २६ पैसा र बिक्री दर १०८ रुपैयाँ ६९ पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ११ पैसा र बिक्री दर ११८ रुपैयाँ ५८ पैसा तोकिएको छ।
त्यस्तै, जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५६ पैसा र बिक्री दर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६८ पैसा र बिक्री दर २२ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ३१ पैसा र बिक्री दर ४० रुपैयाँ ४७ पैसा तथा कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ४९ पैसा र बिक्री दर ४१ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
यसैगरी थाई भाट एकको खरिद दर चार रुपैयाँ ४८ पैसा र बिक्री दर चार रुपैयाँ ५० पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ १९ पैसा र बिक्री दर ४१ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ११ पैसा र बिक्री दर ३७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ २५ पैसा र बिक्री दर ११ रुपैयाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ४४ पैसा र बिक्री दर १५ रुपैयाँ ५० पैसा तथा डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ६४ पैसा र बिक्री दर २२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।
राष्ट्र बैङ्कका अनुसार हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ २८ पैसा र बिक्री दर १९ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिद दर ४९१ रुपैयाँ १२ पैसा र बिक्री दर ४९३ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिद दर ४०१ रुपैयाँ ०३ पैसा र बिक्री दर ४०२ रुपैयाँ ६२ पैसा तथा ओमान रियाल एकको खरिद दर ३९२ रुपैयाँ ९५ पैसा र बिक्री दर ३९४ रुपैयाँ ५० पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।