• असार ४ २०८२, बुधबार

अभियन्ता ईः लाई बालेनको प्रश्नः के हामीले तपाईको नेतासँग वार्ता गर्नुपर्ने हो ?

आश्विन ८ २०८०, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले अभियन्ता ई: राजनीतिक स्वार्थसँग जोडिएका कारण आफूसँग वार्तामा नआएको आरोप लगाएका छन्।

राष्ट्रिय सभागृह बाहिर उभिएर फुटपाथ व्यवसायीकाे उचित व्यवस्थापन गर्नुपर्ने जनाउँदै हप्दा दिनदेखि सभागृह अगाडि धर्ना दिइरहेका ‍ई:लगायतका अभिय‍न्तालाई बालेनले यस्तो आरोप लगाएका हुन्।

बालेनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं। सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं।’

साथै, उनले अभियन्ताहरू राजनीतिक स्वार्थका कारण आफूले वार्तामा बोलाउँदा पनि नआएको बताउँदै ‘के हामीले वार्ता उहाँहरूका नेतासँग गर्नु पर्ने?’ भनी प्रश्न समेत गरेका छन्।

फुटपाथ व्यवसायीकाे उचित व्यवस्थापन गर्नुपर्ने विषयलाई लिएर ई:लगायतका अभियन्त्राहरू राष्ट्रिय सभागृह बाहिर बसेर महानगरको विरोध गरेको हप्ता दिन भइसकेकाे छ।