• असार ४ २०८२, बुधबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षीबीच आज द्विपक्षीय वार्ता हुँदै

आश्विन ८ २०८०, सोमबार

बेइजिङ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच आज द्विपक्षीय भेटवार्ता गर्दै हुँदैछ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी लिबीच बेइजिङस्थित ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार बिहान १०ः५५ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । उक्त क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् ।