• असार ४ २०८२, बुधबार

बालकृष्ण खाँड भेट्न शेखर कारागार पुगे, के भयो कुराकानी ?

आश्विन ६ २०८०, शनिबार

काठमाडौं । कांग्रेस नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन्।

कोइरालाले शानिबार बिहान खाँडलाई भेटेका हुन्। कोइरालले शनिबार बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर खाँडलाई भेटेका कोइरालाको सचिवालयले जनाएको छ।

कोइराला र खाँडबीच समसामयिक बिषयमा छलफल भएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता खाँडलाई कांग्रेसका शीर्षसहित अधिकांश नेताले भेटेका छन्।