• फाल्गुन २४ २०८२, आईतवार

शिक्षक-सरकार ७ बुँदे सहमतिसँगै आइतबारदेखि सबै विद्यालय खुल्ने

आश्विन ५ २०८०, शुक्रबार

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमति भएसँगै आइतबारबाट देशभर बन्द रहेका विद्यालय खुल्ने भएका छन् ।

सहमतिको सातौँ बुँदामा ‘नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरू आजको मितिबाट स्थगित गरी सार्वजनिकलगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने’ उल्लेख छ ।

देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा भेला हुँदा पछिल्लो दुई दिनयता अधिकांश सामुदायिक विद्यालय बन्द गरिएको थियो ।