• बैशाख १० २०८२, बुधबार

शिक्षकहरुको आन्दोलनले माइतीघर- वानेश्वर क्षेत्र अस्तव्यस्त

आश्विन ४ २०८०, बिहीबार

काठमाडौं । विद्यालय शिक्षा विद्येयकको विरोधमा शिक्षकहरूको आन्दोलन दोस्रो दिन पनि शुरु भएको छ । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् ।