काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने चीन भ्रमणको औपचारिक घोषणा भएको छ। परराष्ट्र मन्त्रालयले असोज ६ गतेदेखि १३ गतेसम्म प्रचण्डले चीनको औपचारिक भ्रमण गर्ने जनाएको छ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन हाल अमेरिकामा रहेका प्रचण्ड त्यतैबाट चीन जानेछन्। प्रधानमन्त्री प्रचण्ड असोज ६ गते होङझाउमा हुने एसियाली गेम्सको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीले होङझाउमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीले बेइजिङमा चिनियाँ समकक्षी ली छ्याङसँग द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।