१.बेसारलाई पानीमा राखी पकाएर पछि नुन हाली दैनक ५÷७ पटक पिउनाले रक्तशोधक,कफ,वात–पित्त, रुघाखोकी,पिनास आदिमा राम्रो फाइदा गर्छ ।
२.बेसारको लेप बनाई अनुहार वा छालामा लगाउनाले छालाको सुन्दरता बढाइदिन्छ ।
३.यसको प्रयोग गर्नाले कृमी दोष हरण गर्छ ।
४.बेसार र अमलाको काँडापानी बनाएर नित्य ८÷१० पटक पिउनाले वा चोटपटक लागेको , सुन्निएको ठाउँमा वा गुप्ताङ्ग र शरीरको अन्य ठाउँ धोएमा चाडैँ लाभ दिन्छ ।