• असार ३ २०८२, मंगलवार

शिक्षकहरुको आन्दोलनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

आश्विन ३ २०८०, बुधबार

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शनमा उत्रेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ ।