• मंसिर ११ २०८१, मंगलवार

विप्लव नेकपा सल्यान संयुक्त जिल्ला समितिको चौथो पूर्ण बैठक सम्पन्न

भाद्र ११ २०८०, सोमबार

सल्यान । नेपाल कम्युनिस्ट पार्टी उत्तर जिल्ला समिति र दक्षिण जिल्ला समिति सल्यानको संयुक्त चौथो पूर्ण बैठक श्रीनगरमा सम्पन्न भएको छ ।

पार्टीको नवौं केन्द्रीय समितिको चौथो पूर्ण बैठक तथा राप्ति ब्यूरो समितिको दोस्रो पूर्ण बैठकपछि बसेको संयुक्त जिल्लाको बैठकले जनसंघर्ष, पार्टी, राजनीतिक तथा वैचारिक काम, जनवर्गीय संगठन, आर्थिक लगायतका विभिन्न निर्णयहरु गरेको छ ।

संयुक्त जिल्ला समितिको चौथो पूर्ण बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज कमरेड अनिल खडका सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर जिल्ला इन्चार्ज कमरेड भीम भारती सीले राजनीतिक, वैचारिक तथा पार्टीको केन्द्रीय समितिले पारित गरेको दस्तावेजमा आधारित रहेर पार्टी प्रशिक्षण दिनु भएको थियो ।

बैठकले गरेका निर्णयहरु

१.राष्ट्रघाति एमसीसीको विरुद्धमा जिल्लामा जोडदार संघर्ष गर्ने ।
२. संगठन विस्तार गर्ने र सो को लागि, ‘सल्यानी जनताको सुखदुःखको साथि, नेपाल कम्युनिस्ट पार्टी’ नारा सहित जनएकता अभियानलाई निरन्तरता दिने ।
३. पालिकाहरुमा बैठक सहित राजनीतिक र वैचारिक पार्टी प्रशिक्षण गर्ने । पालिकाहरुमा समसामयिक विषयमा राजनीतिक अन्तरक्रिया गर्ने ।
३. भ्रष्टाचार, अनियमितता, बेथिति, महिला हिंसा, बैंक र लघुवित्तहरुको ज्यादतीका विरुद्धको संघर्षलाई निरन्तरता दिने ।
४. युवा संगठन, महिला संघ, राष्ट्रिय उद्योगले वाणिज्य महासंघ, श्रमिक समुदाय मोर्चा, ट्रेड युनियन महासंघ, किसान संघ, जनपत्रकार संगठन, मगर मोर्चा लगायत भ्रातृ संगठनहरुका जिल्ला भेला तथा सम्मेलन गर्ने ।
५. समाजवादी मोर्चाका कार्यक्रमहरुमा पहलकदमी लिने र सक्रिय सहभागीता जनाउने । समाजवादी मोर्चालाई जिल्लामा नेतृत्व प्रदान गर्ने ।
बैठकमा हालै पार्टीको केन्द्रीय प्रतिनिधि समिति सदस्य मनोनित हुनु भएकी हेमन्ता बुढाथोकी सीलाई स्वागत गरियो । बैठकमा दुवै जिल्ला समितिका सचिवालय सदस्यहरु, जिल्ला सदस्यहरु, पालिका इन्चार्ज र सचिवहरु, जिल्ला सल्लाहकार समितिका अध्यक्ष कमरेड प्रदीप वली सी, सल्लाहकार सदस्यहरु लगायत उपस्थित रहेको सचिवालय सदस्य राजेन्द्र खडका सीले बताए ।
संयुक्त जिल्ला समितिको बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर जिल्ला समिति सचिव कमरेड मदन चन्द सीले बैठकको अध्यक्षता गर्नु भएको थियो । बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा दक्षिण जिल्ला समिति सचिव कमरेड वीर बहादुर सीले संचालन गर्नु भएको थियो ।