• मंसिर १३ २०८१, बिहीबार

भिटामिन ‘ए’ भनेको के हो ? भिटामिन ‘ए’ ले के के काम गर्छ ?

श्रावण ३२ २०८०, बिहीबार

भिटामिन ‘ए’ भनेको संक्रामक रोगहरुबाट बचाई राख्ने एक तत्व हो । आँखाको देख्ने शक्तिलाई सधै स्वस्थ र तन्दुरुस्त राख्न भिटामिन ‘ए’को आवश्यक पर्दछ । यो मानिसको शारीरिक र मानसिक विकासका लागि नभई नहुने तत्व हो ।

भिटामिन ‘ए’ ले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ र संक्रामक रोगहरूबाट बचाउँछ । यसले शरीरको बृद्धि र विकास गर्ने खाना तथा हड्डी बलियो बनाउने क्याल्सियम जस्ता तत्वहरूसोसेर लिन सहयोग गर्दछ । यसले शरीरको छालालाई सधै बलियो, चिल्लो र स्वस्थ बनाउँछ । गर्भावस्थामा शिशुको विकासमा मद्दत पु¥याउँछ । विद्याथीहरूलाई रतन्धो तथा पूर्ण रुपमा अन्धो हुनबाट बचाउँछ, साथै आँखालाई स्वस्थ राखी दृष्टि क्षमता बढाउँछ र पढाईमा राम्रो प्रगति गर्न सक्छ ।