कलेजो सुन्निने समस्या हेपाटाइटिस हो। सुरुको अवस्थामा सुन्निने भए पनि संक्रमण बढ्दै जाँदा कलेजोको मांसपेशी नष्ट हुने भएकाले लिभर फाइब्रोसिस वा फ्याटी लिभर हुन सक्छ।हेपाटाइटिस ए देखी इ सम्म जम्मा पाँच प्रकारका हुन्छन् ।सबै संक्रमणको लक्षण, कारण र उपचार फरक–फरक हुने गर्छ । अन्यको तुलनामा हेपाइटाइटिस बी बढी भयानक हुने गर्छ ।हेपाटाइटिस बी भाइरस कोषको डिएनएमा गएर बस्ने भएकाले पूर्ण रूपमा निको पार्न सकिँदैन ।
रोगलाई नियन्त्रणमा राख्न लामो समयसम्म औषधिको सेवन गरिराख्नुपर्ने हुन्छ । ।हेपाटाइटिस बीबाट बच्न हेपाटाइटिस बी विरुद्धको खोप लगाउनुपर्छ ।