• मंसिर १७ २०८१, सोमबार

तिब्बतीलाई नागरिकता बनाएर काठमाडौं जिल्ला प्रशासनका नासु्ले बुझ्थे प्रति नागरिकता १ लाख २० हजार

बैशाख ३ २०८०, आईतवार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका नासु देवराज गौतमले बिब्बतीलाई नेपाली नागरिकता बनाएर प्रतिनागरिकता १ लाख २० हजार रुपैयाँ लिने गरेको खुलेको छ।

तिब्बतीहरुले नागरिकता लिएको विषयमा अनुसन्धान हुदाँ प्रशासनका नायब सुब्बाले नागरिकता बनाउदाँ लाखौँ रुपैसा असुल्ने गरेको तथ्य खुलेको हो । प्रहरी अनुसन्धानमा नक्कली नागरिकता बनाउने कार्यमा ८ जनाको संलग्नता देखिएको छ । नासुसहित ८ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।  १ लाख २० हजार रुपैयाँ लिएर नागकिरता बनाएर नासुले उपलब्ध गराउने गरेको पाइएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाउने प्रकरणमा मुख्य योजनाकार कृष्णबहादुर कटुवाल भएका प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाली नागरिकताको खोजीमा रहेका तिब्बतीयन नागरिक लोब्साङ ठिन्लेसँग कटुवालको भेट भएको थियो। ३ लाख तिरेर नेपाली नागरिकता लिन ठिन्ले राजी भएका थिए। त्यसपछि कटुवालले सबै योजना बनाएर नागरिकता बनाउँदै बेचेका थिए।

ठिन्लेले नागरिकता पाएपछि अन्य तिब्बतीयनलाई पनि कटुवालको सम्पर्कमा पुर्‍याएका थिए। त्यसपछि कटुवालको गिरोहले धन्दा नै चलाएर नेपाली नागरिकता तिब्बतीयनलाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ।

नागरिकता चाहिने तिब्बतीयनबाट प्रतिव्यक्ति कृष्णबहादुर कटुवाले ३ देखि ५ लाख लिने गरेका थिए। त्यसपछि तिब्बतीयनलाई नागरिकता बनाउने चाहिने आवश्यक कागजात, स्थानीय तहबाट लिनुपर्ने सिफारिससहितको अनसूची फारम, जन्मदर्ता, स्थायी बसोबास पत्र, बसाइँसराई प्रमाणपत्र, सर्जमिन मुचुल्का तथा वडाध्यक्ष तथा कर्मचारीको कीर्ते हस्ताक्षर समेत कृष्णबहादुरले नै मिलाउने गरेका थिए।

यो काममा कटुवाललाई रबिन चौधरी, हिरालाल शिवाकोटीले सहयोग गर्ने गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि न्युल्केश श्रेष्ठलाई नक्कली बाबु बनाई सीडीओ कार्यालयमा पेस गर्ने गरिएको थियो। यसका लागि सीडीओ कार्यालयमै क्यान्टिन सञ्चालक विजय लामाले सहयोग गर्ने गरेका थिए।