काठमाडौँ । एकसाथ दुई आईपीओ खुलेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र रावा इनर्जी डेभलपमेन्टको एकसाथ आईपीओ खुलेको हो । भूगोलले सर्वसाधारणका लागि र रावाले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो।
भूगोल इनर्जीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गरेको छ । यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता निष्कासन गरिसकेको छ । सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ७१ हजार ९१६ कित्ता छुट्टाइएको छ भने बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्टाइएको सेयरको १० प्रतिशत अर्थात् ५६ लाख रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याईएको छ । प्रतिसेयर १०० अंकित दरले ५६ हजार कित्ता साधारण सेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आगामी वैशाख ७ गतेभित्र आवेदन दिनु पर्नेछ ।