• बैशाख २८ २०८३, सोमबार

एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा छानिए गिरी

पुष १७ २०७९, आईतवार

दाङ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लिला गिरीलाई चयन गरेको छ । आइतबार दाङकोे बिजौरीस्थित महासचिव शंकर पोखरेलको निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो ।

एमाले स्रोतका अनुसार आइतबार बिहान महासचिव पोखरेल निवासमा भएको छलफलमा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, संसदीय दलको नेताका आकांक्षी लिला गिरी र चेतनारायण आचार्य लगायतका नेताहरू सहभागी थिए ।

एमालेले प्रदेशसभा सदस्यहरुको शपथग्रहण पश्चात आइतबारै संसदीय दलको नेता चयन गरेको हो । एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् ।