• बैशाख २८ २०८३, सोमबार

बागमती प्रदेशसभाको पहिलो बैठक सोमबार बस्ने

पुष १७ २०७९, आईतवार

काठमाडौं । बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो ।

प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् । रासस