काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशसभाको संसदीय दलको नेता चयन गर्न बैठक सुरु भएको छ । हिजोदेखि प्रदेश कमिटीको बैठक काठमाडौंमा जारी छ ।
शुक्रबार आकांक्षीहरुको धारणा राखिएको र शनिबार जारी बैठकमा कसलाई संसदीय दलको नेता बनाउने भन्ने बिषयमा छलफल तीव्र भइरहेको बताइएको छ ।
‘आज बिहान १० बजेदेखि बैठक चलिरहेको छ । सकेसम्म सहमति जुटाउने प्रयास भइरहेको छ । बेलुकासम्म पनि टुंगो लगाउन सकिएन भने निर्वाचन जाने तयारी भएको प्रदेश कमिटीका उपाध्यक्ष प्रेमबहादुर पुलामीले जानकारी दिए ।