• जेष्ठ ७ २०८३, बिहीबार

अमेरिका पठाईदिने बहानामा १ करोड ६२ लाखभन्दा बढी रकम ठगी गर्ने एक जना पक्राउ

पुष १५ २०७९, शुक्रबार

काठमाडौं । अम्रिका लगायत अन्य देशमा पठाईदिन्छु भन्दै एक करोड ६२ लाख छ हजार रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाईदिने भनी वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट उक्त रकम ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ लैनचौरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।