• बैशाख २८ २०८३, सोमबार

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ आज

पुष १५ २०७९, शुक्रबार

धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुको शपथग्रहण आज (शुक्रबार) रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् ।

त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन् । अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।