काठमाडौं । विश्वकै महान् फुटबलर पेलेको निधन भएको छ ।
लामो समयदेखि क्यान्सरसँग लडिरहेका ब्राजिलियन फुटबलर पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।
विश्व फुटबलकै महान मानिएका पेलेले ब्राजिललाई सन् १९५, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए ।
ब्राजिलका फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका छन्।
गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ।