काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताका अनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्न लागेका हुन् ।
सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।