काठमाडौं। नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका हुन् ।
पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत मात्र प्राप्त गरेका छन् । १ मत बदर भएको जानकारी आएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।
दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २ (२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए ।