काठमाडौं । स्ववियु निर्वाचनबारे विवाद हुँदा आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ । केही राजनीतिक दलका विद्यार्थी संगठनबीच विवाद हुँदा खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट केही विद्यार्थी कार्यकर्ताहरु घाइते भएका छन् । प्रहरीका अनुसार तीन जना घाइते भएका छन् ।
अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको हो । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा विवाद चर्किपछि उनीहरुबीच विवाद भएको थियो ।