काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई सिफरिस गरेको छ।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको विषयमा अनुसन्धान गर्दा उनको डेराबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएसँगै उनलाई निलम्बनका लागि सिफारिस गरिएको हो ।
नक्सालले प्रहरी नियन्त्रणणमा रहेका केसीलाई निलम्बनका लागि मंगलबार गृहमन्त्रालयमा पत्राचार गरेको हो। केसीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित नियन्त्रणमा लिएको थियो।