काठमाडौं । सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता)मा डा दिनमणि पोखरेल नियुक्त हुने भएका छन्।
सरकारले पोखरेललाई मंगलबार महान्यायाधिवक्ताको जिम्मेवारी दिन लागेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
पोखरेलले भारतको दिल्ली युनिभर्सिटीबाट एलएलएम गरेका छन्। यस्तै, नेदरल्याण्डबाट राजनीति अर्थशास्त्रमा एमए गरेका छन्। संवैधानिक र फौजदारी कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन्।