• जेष्ठ ७ २०८३, बिहीबार

मौसम पूर्वानुमान : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, दैनिक घट्दोक्रममा काठमाडौंको तापक्रम

पुष १२ २०७९, मंगलवार

काठमाडौं । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा भने सफा हुने महाशाखाले बुलेटिनमार्फत जनाएको छ ।

मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ । हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।

आज (मंगलबार) बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.४ मापन भएको छ ।