• बैशाख २७ २०८३, आईतवार

कोमल वलीलाई पछि पार्दै कांग्रेसका उम्मेदवार गिरीको अग्रता कायमै

मंसिर ६ २०७९, मंगलवार

दाङ ।  दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा उहाँले दुई हजार चारसय ३६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गरेकी  छन् । निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार गिरी र वलीबीच दुई सय ८८ को मतान्तर रहेको छ । अहिलेसम्म छ हजार एक सय ८० मतगणना भएको छ ।

सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको थियो । त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले तीन हजार मत प्राप्त गरेका छन् । भने एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मत प्राप्त गरेका छन् ।

छ हजार छ सय ५८ मतगणना हुँदा  मतान्तर चार सय २३ रहेको छ । दाङ ३ को १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँचसय ७० मत खसेको थियो ।