एजेन्सी । विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी छन्। रुवान्डाकी सलिमा मुकासांगा पुरुष टोलीको विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा छनौट भएकी छिन्। फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक महिला रेफ्री सहभागी हुन लागेको बीबीसीले उल्लेख गरेको छ। गत वर्ष उनले अफ्रिका कप अफ नेसनमा रेफ्रीको भुमिकामा देखापरेकी थिइन्। टोक्यो ओलम्पिकमा पनि उनी रेफ्री थिइन् ।
सलिमा सन् २०१२ देखि फिफा रेफ्रीमा सुचीकृत थिइन्। ३४ वर्षिय सलिमाले आफ्नका लागि निकै खुशी र गौरवको क्षण रहेको बताएकी छिन्।‘यसअघि कहिले पनि यस्तो भएको थिएन। मेरा लागि निकै गौरवको क्षण हो। म पहिलोपटक पुरूष टोलीमा रेफ्रीको भुमिकामा उत्रनेछु र यसले अन्य महिला रेफ्रीका निम्ति अवसरको ढोका खोलिदिएको छ,’ उनले भनेकी छिन्।