काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघको आपतकालीन बैठक सकिएको छ ।
बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारी माथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ ।
‘बैठक भर्खरै सकियो । मेयर साहलाई थप व्यापारीमाथिको हस्तक्षेष रोक्न र वार्तामार्फत् समस्या समाधान गर्न आग्रह गर्ने निर्णय भयो,’ संघका सचिव दुर्गाराज श्रेष्ठले भने, ‘घरधनी र महानगरको लडाइँमा व्यापारी परे, वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’