काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोटका ५ वटा मापदण्ड पारित गरेको छ। ललितपुरको च्यासलमा बसेको पार्टको पोलिटव्युरो बैठकले सचिवालय, स्थायी कमिटीले गरेको मापदण्डलाई पारित गरेको हो ।
उपमहासचिव पृथ्वी सुब्बा गुरुङका अनुसार पहिलो नम्बरमा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्धता रहेको छ। दोस्रो पार्टी आन्दोलनमा निष्ठा रहेको छ।
उम्मेदवार आकांक्षीको लोकप्रियता र विजयको सुनिश्चितता भने तेस्रो नम्बरमा राखिएको छ। चौथो नम्बरमा समावेशीता रहेको छ भने पाँचौंमा संविधानमा उल्लेख प्रावधान रहेका छन्।