• बैशाख २६ २०८३, शनिबार

काठमाडाौं ९ का स्वतन्त्र उम्द्धवार बस्नेतले दिए यस्तो चेनावी प्रतिबद्धता

भाद्र ५ २०७९, आईतवार

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा स्वतन्त्र उमेदवारहरु बढिरहेका छन् । एकातिर राजनीतिक दलतप्रति जनताको विश्वास घट्दै जानु र अर्कोतिर स्वतन्त्र उम्मेदवारहरुको संख्या बढ्दै जानुले राजनीतिक दलका शिर्ष नेताहरु नै समस्यामा पर्न सक्ने विश्लेषण हुन थालेको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारले शिर्ष दलका नेताहरुलाई नै पराजित गरेको घटना हामीमाझ छर्लङ्ग छ । त्यसैले मंसिर ४ गतेका लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या बढ्ने देखिन्छ ।

यही क्रममा ‘परिवर्तनको संवाहक हामी आफै बन्नुपर्छ, परिवर्तन सम्भव छ र परिवर्तन अपरिहार्य छ’ भन्ने नाराका साथ राजनीति र कानुनका विशेषज्ञ समेत रहेका एक अधिवक्ता डा. ज्ञान बस्नेतले पनि प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

दलीय तन्त्रले उत्पादन गरेको भयावह राजनीतिक विकृति र भागबण्डाको राजनीतिको बिरुद्दमा आफूले सांसद पदमा उम्मेदवारी दिन लागेको उनले बताए । त्यसैगरी उनले युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्न, दण्डहीनता, कुशासन, भ्रष्टाचार, हरेक खालको अन्याय र अत्याचारको बिरुद्ध आफ्ना ११ बुँदे एजेण्डाहरु सहित प्रस्तुत गरेका छन् ।

ती एजेण्डाहरु यसप्रकार रहेका छन् ।
१) संघीयता खारेजी

२) निर्वाचन प्रणालीमा ब्यापक सुधार
३) समानुपातिक प्रणालिको खारेजी
४) अश्विकारको अधिकार र आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि असफल भएमा कार्यकाल सकिनु अघि नै जनताले फिर्ता बोलाउन पाउने अधिकारको सुनिष्चितता
५) अप्रवासी नेपालीहरुलाई मतदानको अधिकार
६) न्ययापालिका, संवैधानिक अङ्गहरु र सबै सार्वजनिक संस्थाहरुलाई राजनीति भन्दा माथि राखिने
७) विदेश नीति, कर्मचारी प्रशासन, शिक्षा, स्वास्थ्य र जनतालाई जिउनको लागि अत्यावश्यक कुराहरुलाई दलीय राजनीति भन्दा माथि राख्ने ।

८) शैक्षिक संस्थाहरु शान्ति क्षेत्र बनाउने र त्यहाँबाट सबै राजनीतिक संगठनहरु हटाउने
९) कानुनको शासन, लिङ्ग र जातको आधारमा गरिने हरेक खालको सामाजिक विभेदहरुको अन्त्य गर्दै समतामूलक समाजको निर्माण र मानव अधिकारको रक्षा गर्ने । संक्रमणकालीन न्यायलाई अन्तराष्ट्रिय मानव अधिकार अनुसार टुङ्गोमा पुर्याउने ।
१०) हरेक खालको भ्रष्टाचार, नीतिगत लुट र अनियमिततालाई जरैबाट उखेल्ने ।
११) २०४६ पछि शक्ति र सत्तामा बसेका सबैको सम्पति छानबिन गर्ने
१२) प्रधान न्यायाधिश, न्यायाधिश र संवैधानिक अङ्गका पूर्व र वर्तमान सबै पदाधिकारीहरुको शक्तिशाली नागरिक आयोग बनाएर सम्पति छानबिन गर्ने

१३) ब्यापारीहरुलाई करको दायरामा ल्याउने । सम्पति शुद्धिकरण सम्बन्धी कानुनलाई सशक्त बनाउने
१४) आर्थिक रुपमा देशलाई आत्मनिर्भर बनाउने । विदेशी ऋण कम गर्दै जाने ।
१५) कृषि उत्पादनलाई अधुनिकीकरण गर्ने । युवा जनशक्तिलाई उद्दमशिल बनाउँदै रोजगारीको वातावरण तयार गर्ने
१६) २०४६ पछि बेचिएका, नष्ट भएका सबै उद्योग र कलकारखानाहरु पुनःस्थापना गरिने
१७) नेपाली समाजलाई पलायनवादी मानसिकताबाट माथि उठाउने । विदेशमा पसिना बगाउन बाध्य बनाइएका हाम्रा लाखौं लाख नेपाली दाजूभाई र दिदीबहिनीहरुलाई स्वदेश फर्काएर यहीँ काम गर्ने वातावरणको निर्माण गर्ने
१८) सांसदहरुको संख्या घटाउने । मन्त्री परिषद सानो आकारको बनाउने
१९) पदाधिकारी र पुनपदाधिकारीहरुको सुविधामा भारी कटौती गर्ने र बिकासमा प्रयोग गर्न
२०) राजनीति अब पेशा हैन, सेवामा बदल्नु पर्छ । राजनीति अब जनताको लागि, सामाजिक न्यायको लागि, आउँदो पुस्ताको लागि जस्ता नवीन, अकार्षक र समयानुकूल एजेण्डाहरु समावेश गरेका छन् ।

भोजपुरको विकट ठाँउमा जन्मिएका डा. बस्नेतले नेपालको त्रिभुवन विश्वविद्यालयबाट र दोस्रो पटक बेलायतमा कानुनमै स्नातकोत्तर अध्ययन गरी उनले मानव अधिकारमा बेलायतबाट विद्यावारिधि गरेका छन् । उनी मानव अधिकारको विषयमा विद्यावारिधि गर्ने नेपालकै पहिलो व्यक्ति हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको चक्रवर्ती हावी एजुकेशन ल युनिभर्सिटीमा प्राध्यापक रहेका उनी खुला विश्वविद्यालयमा समेत प्राध्यापन गर्दछन् । साथै राजनैतिक तथा कानुनी सचेतक र विश्लेषक समेत रहेका डा.बस्नेतले नेपालबाट प्रकाशित हुने द हिमालयन टाइम्स, राइजिङ नेपाल, काठमाडौँ पोष्टमा तथा एसिया टाइम्स अनलाईन, हङ्कङ, द डाउन नेशनल पेपर पाकिस्तान तथा युरो एसियारिभ्यू एण्ड न्यूज एनालाइसिसमा समेत अंग्रेजी माध्यमबाट लेख तथा स्तम्भहरु प्रकाशन गर्दै आएका छन् ।
हाल उनी काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं १५ मा बस्दै आएका छन् ।

डा. बस्नेतका मानवअधिकार सम्बन्धी कानुनमा तीन वटा पुस्तकहरु प्रकाशन हुने तयारीमा छन् । अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट उनका पुस्तकहरु छिट्टै प्रकाशित हुने भएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए । त्यस्तै धरानमा हर्क साम्पाङ, नेपालगञ्जमा गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवार विजयी भएपछि देशभर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ ।

यही अवस्थामा एक अर्को नयाँ, सक्षम, विदेशमा विद्यावारिधि गरी स्वदेशमै केही गरौँ भन्ने भावनाले अभिप्रेरित युवाको समसामयीक आवश्यकता अनुरुपका एजेण्डा सहितको उम्मेदवारीले जनतामा लामो समयदेखि छाएको राजनीतिप्रतिको वितृष्णमा एउटा अर्को आशा थपिएको छ ।