काठमाडौँ । चर्चित गायिक शिशीर योगीले हालै अर्को एउटा मर्मष्पर्सी गीत बजारमा ल्याएर संगीतको बजारमा आएका छन् ।
नेपाली संगीत आकाशमा दरिलोरुपमा स्थापित भइसकेका गायक तथा संगीतकार योगीले गाएका गीतहरुमा कुनै न कुनै रुपमा कुनै न कुनै सन्देश दिएको पाइन्छ ।
हरेक गीतहरुबाट समाजमा भएका घटना तथा परिघटनाहरुको बारेमा समाजलाई सुइँको दिने गायक योगीले यसपटक मुग्लान पसेका मानिसलाई सम्झेर सिर्जना गरिएको गीत मार्फत् मुग्लानीहरुलाई सम्झेर गीत गाएका छन् ।
योगीको हालै सार्वजनिक भएको ‘माया मारी गयौ’ बोलको गीतमा देशबाट विदेश गएका नेपालीहरुलाई गाउँघरले सम्झिएको कथा व्यथा ओकलिएको छ ।
देशबाट सयौं डाँडा काटेर, सात समुन्द्र पार गरेर गाउँघर सुन्यपारी, मायामारी गएको परदेशीलाई सम्बोधन गर्दै गीतको स्थायी बनाइएको छ ।
गीतले भन्छ,
‘सयौं डाँडाकाटी गयौ, सात समुन्द्र पारि गयौ !
सून्य पारी गाउँघर तिम्ले माया मारी गयौ !’
मानिस युवा रहँदा आफ्नो जन्म ठाउँलाई छोड्ने छैन भनेर अठोट गर्दै आफ्नो गाउँघरलाई हराभरा पार्छु भन्ने मान्छे पछि देशमा कुनै अवसर नपाउँदा बर्बर आँशु झार्दै छिट्टै फर्की आउछु भनेर बाध्यताले गर्दा गाउँघरलाई शुन्य पारि, माया मारी विदेश जानु पर्ने अवस्था आउँछ ।
त्यस्तो अवस्थालाई सो गीतका शब्दहरुमा यसरी व्यक्त गरिएको छ,
‘छोड्ने मन छैन भन्थ्यौ आफ्नै जन्म ठाउँलाई
हराभरा पार्छु भन्थ्यौ आफ्नै घर गाउँलाई
छिट्टै फर्की आउछु भनि बर्बर आँशु झारी गयौ
सुन्य पारि गाउँघर तिम्ले माया मारी गयौ’
मानिस जति टाढा पुगेपनि उसलाई पछ्याउने भनेको उसका जन्मस्थानका अवयवहरुले नै हो। गाउँघरको भन्ज्याङ, वरपीपलको चौतारी, उही पुरानो घर र साथीभाईहरुले जति कोशिस गरेपनि आफ्ना पात्रलाई बिर्सन सकेका हुँदैनन् ।
ठाउँ छाडेर जानेहरु आफ्नो बाध्यताले वा काम नबन्दा गाउँघरमा आउँछु भनि वर्षैपिच्छे टारिरहेका हुन्छन् तर आएका हुँदैनन् । त्यस्तो अवस्थालाई गीतका शब्दहरुले यसरी व्यक्त गरेका छन्,
सोधे जस्तो लाग्छ तिम्लाई भञ्ज्याङको वरले
खोजेजस्तो लाग्छ तिम्लाई उही पुरानो घरले
आउँछु भनि बइमानीले वर्षैपिच्छे टारी गयौ
सून्य पारी गाउँघर तिम्ले माया मारी गयौ ।
लामो समय विदेशी नआउदाँ गाउँघरमा बस्नेहरुलाई विदेशीले कतै उतै बसाई सरी गयो कि ? भन्ने शंका लाग्नु स्वाभाविक नै हुन जान्छ । गाउँघरमा भएका आफन्तहरुले मनमनै विदेशीलाई सोध्ने गर्छन्,
मन उडेर पुग्दैन कि तिम्रो आफ्नै वन पाखामा ? तिम्रा आँखामा गाउँघरको तस्विर घुम्दैन र ? किन यसरी गाउँघर सुन्यपारी ए परदेशी तिम्ले माया मारी गयौ ।
यस्तो अवस्थालाई गीतका शब्दले यसरी व्यक्त गरेका छन्,
मन उडेर पुग्दैन कि आफ्नै वन पाखामा
घुम्दैन कि गाउँको तस्विर तिम्रा ती आँखामा
लाग्न थाल्यो तिम्ले कि त उतै बसाई सरी गयौ
सुन्य पारी गाउँघर तिम्ले माया मारी गयौ
गायक शिशीर योगीको सुमधुर आवाजमा सजिएको सो ‘माया मारी गयौ’ बोलको गीत गीतकार विष्णुकुमार गिरीले सिर्जना गरेका हुन् । गीतमा संगीत सिर्जना र संगीत संयोजन चर्चित संगीतकार बिबि अनुरागीले सम्पन्न गरेका छन् ।
प्रिज्म डिजीटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको सो गीतको भिडियोका दृश्य निर्माण वेष्ट लाइन भिडियो प्रालिले गरेको छ । भिडियोका दृश्यहरुको छायांकन खेम थापाले गरेका छन् भने भिडियो सम्पादन अधिनायकमान शेरचनले गरेका छन् ।
गीतको भिडियोमा गायक स्वयमले अभिनय गरेका छन् । शिशीर योगी युटुव च्यानलमा सो गीतको भिडियो हेर्न सकिन्छ । हेरौं भिडियो ।