• मंसिर १३ २०८१, बिहीबार

अनुहार सुन्दर बनाउन यी कुरामा ध्यान दिनुहोस्

श्रावण १० २०७९, मंगलवार

सुन्दर अनुहार मन नपर्ने कमै होलान् । प्रायः मानिसहरुले झटट् हेर्दा अनुहार हेर्ने गर्दछन् । किन कि त्यही अनुहार बाट नै मानिसलाई चिन्ने गरिन्छ । सबैलाई सुन्दर मुहार मन पर्छ तर कतिपय मानिसहरुले आफ्नो सुन्दर मुहारलाई हेरचाह नगर्दा मुहार विग्रिएको अवस्था पनि छ । त्यसैले अब के गर्ने त ? कसरी आफ्नो मुहारलाई सुन्दर बनाई राख्न सक्छौं यस बारेमा ध्यान पुराउन जरुरी छ ।

अब हामीले मुख धुँदा के गर्ने र के नगर्ने यसबारेमा केही स्वास्थ्य टिप्सहरुको बारेमा ख्याल राख्न सकियो भने मुहारलाई सधैं नै सुन्दर बनाई राख्न सकिन्छ ।

१) ध्यान दिनुस् जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२) अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

३) अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

४) अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

५) फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

६) अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

७) अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

८)अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९)अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१०) अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।