• मंसिर १२ २०८१, बुधबार

अमेरिकाले पास गरेको मानव अधिकार विधेयकको कम्बोडियाद्धारा आलोचना

श्रावण ७ २०७९, शनिबार

काठमाडौं । कम्बोडियाको सिनेटले शनिबार संयुक्त राज्य अमेरिकाले हालै जारी गरेको ‘कम्बोडिया प्रजातन्त्र र मानव अधिकार ऐन २०२२’ को आलोचना गरेको छ ।

उसले उक्त ऐनमा पक्षपाती, निराधार र पूर्वाग्रहपूर्ण सामग्री रहेको बताएको छ । सिनेटले विज्ञप्ति जारी गर्दै उक्त ऐन भूराजनीतिक स्वार्थले अभिप्रेरित रहेको टिप्पणी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ–‘यो विधेयकले सार्वभौमसत्ता सम्पन्न राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, शान्ति र राजनीतिक स्थायित्व कायम गर्न र सबैका लागि सामाजिक–आर्थिक विकासको बाटोमा अगाडि बढाउने काममा बाधा पुर्याउन सक्नेछ ।’

यसबाहेक उक्त ऐन दुई राष्ट्रका जनताको भावना र साझा आकाङ्क्क्षाको विपरीत रहेको समेत टिप्पणी गरेको छ ।