• मंसिर ७ २०८१, शुक्रबार

एसपीपीमा नेपाल आबद्ध नहुने पत्र नपठाएको परराष्ट्रको दाबी, गृहले पठाएको स्पष्टोक्ति

असार २० २०७९, सोमबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन ।

परराष्ट्र मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले यस्तो जानकारी दिएकी हुन् ।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लम्सालले भनिन्, एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अब हामीलाई मन्त्रीपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ ।

सबै कुरा राम्रोसँग अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकोले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौँ । उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट मन्त्रिपरिषद्को सो निर्णयलाई कार्यान्वयन गर्नेछौँ । अहिले पत्र गइसकेको अवस्था छैन ।ु यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।