• मंसिर २० २०८१, बिहीबार

अर्थतन्त्र संकटमा : एकै दिन १२ अर्ब ५४ करोड खर्च

असार १९ २०७९, आईतवार

काठमाडौं । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ ।

आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन ।

कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलेमतो हुने गरेको पाइएको छ ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलले त्यसै खेर फलिने पुरानै क्रमले निरन्तरता पाएको हो । यो समाचार राजधानी दैनिकमा छ ।