• मंसिर १३ २०८१, बिहीबार

काठमाडौंमा १४ जनामा हैजा देखियो

असार १५ २०७९, बुधबार

काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ ।

गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा १४ जनामा हैजा देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । हाल उनीहरूमध्ये १२ जना उपचारपश्चात् घर फर्किएका छन् भने हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

  हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार गरिएको उनले जानकारी दिए ।