• जेष्ठ १ २०८३, शुक्रबार

एक दिनको कैद सजाय सुनाइएका महिला साढे सात वर्षपछि पक्राउ

असार १५ २०७९, बुधबार

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा १ दिन कैद सजाय सुनाइएकी एक महिलालाई प्रहरीले साढे ७ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनकी ४१ वर्षीया बबिता पन्त पौडेललाई पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७१ माघ २९ गते उनलाई १ दिन कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी अनुचित लाभ लिएको आरोप लागेको थियो।