• बैशाख २३ २०८३, बुधबार

रोहिंग्या शरणार्थीलाई देश निकाला गर्नुपर्ने हिन्दु परिषदको माग, यस्तो छ कारण

असार १५ २०७९, बुधबार

काठमाडौं । विश्व हिन्दु परिषदले नेपालमा रहेका रोहिंग्या मुसलमानहरूले गरेको विरोध प्रदर्शनप्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिषदका राष्ट्रिय महासचिव जितेन्द्रकुमार सिंहले एक विज्ञप्ति मार्फत् यस्तो ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा सिंहले मुसलमानहरु शरणार्थीहरलाई आतंकवादले प्रयोग गरेर अशान्ति मच्चाउन सक्ने भन्दै उनीहरुलाई तत्काल देश निकाला गर्नुपर्ने माग पनि गरेका छन् ।

यस्तो सिंहद्धारा जारी विज्ञप्ति :

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय अगाडी रोहिंग्या मुसलमानहरूले गरेको विरोध प्रदर्शनप्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
रोहिंग्या मुसलमानहरु शरणका लागि जुन देशमा गए पनि त्यहाँ उनीहरुलाई आन्तरिक सुरक्षाका लागि खतराको रुपमा हेरिँदै आएको छ । रोहिंग्या मुसलमानहरुमाथि आतंकवादीहरुसँग साँठगाँठको आरोप समेत लाग्दै आएको छ । त्यसकारण इस्लामिक देशहरुले समेतले पनि उनीलाई शरण दिन अस्वीकार गर्दै आएका छन् । रोहिंग्या मुसलमान आतंकवादी संगठनहरुको प्रभावमा सजिलै आउन सक्ने सम्भावना प्रवल रहेको हुन्छ । पाकिस्तानबाट सञ्चालित आतंकवादी समूहले यिनलाई आफ्नो प्रभावमा लिन प्रयासरत रहेको समाचार विभिन्न अन्तरराष्ट्रिय मिडियाहरुले पटक–पटक देखाउँदै आएका छन् ।
राजधानी काठमाण्डौ, कपन लगायतका ठाउँमा अवैध रुपमा रहँदै आएका रोहिंग्या लगायतका मुसलमानहरू नेपालको आन्तरिक सुरक्षाका निम्ति पनि खतरा रहेको तथ्यलाई नकार्न सकिन्न । नेपाल सरकार समक्ष देशको सुरक्षा सर्वाधिक चुनौतीपूर्ण हुन्छ, जो सर्वोपरि पनि हो । देशको सुरक्षालाई प्राथमिकतामा राख्दै रोहिंग्या लगायतका गैरकानुनी रूपमा बस्दै आएका मुसलमानहरुलाई छिटो भन्दा छिटो देश निकाला गरियोस् साथै गैरकानुनी रूपमा यस्ता समूहलाई नेपाल प्रवेश गराउने एवम् संरक्षण गर्नेमाथि समेत यथाशिघ्र छानबिन गरी कानुनी कारवाही गर्न नेपाल सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल हार्दिक अनुरोध गर्दछ । साथै सम्पूर्ण जनसमुदायलाई यिनीहरुबाट सतर्क र सावधान रहन हार्दिक अपिल गर्दछ ।
जय श्रीराम । नेपाल आमाको जय ।।
जितेन्द्रकुमार सिंह, राष्ट्रिय महासचिव