• बैशाख २३ २०८३, बुधबार

पार्टीका मन्त्रिहरुलाई प्रशिक्षण

असार १५ २०७९, बुधबार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । दुई दिनअघि मन्त्रीको शपथ दिएको पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् ।

नेता भएपछि सबै पार्टीका मन्त्रिहरुलाई प्रशिक्षण दिनु पर्ने हुन्छ। पार्टीका कार्यालय तीनकुनेमा एक घण्टादेखि नेपालले नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिइरहेको एक नेताले जानकारी दि

मन्त्री भएपछि के गर्ने के नगर्ने भनेर उनले प्रशिक्षण दिइरहेको छ । यसअघि मन्त्री भएकालाई पनि मन्त्री हुनेबित्तिकै प्रशिक्षण दिएका थिए ।प्रशिक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका साथै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।