• बैशाख २३ २०८३, बुधबार

विप्लव नेतृत्वको नेकपा परित्याग गरेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश

असार १३ २०७९, सोमबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका नेता ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य बुधबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्न लागेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको सचिवालय स्रोत भन्छ, नेकपाप्रति केही असन्तुष्ट साथीहरु पनि यता (माओवादी केन्द्र)मा आउने कुरा भइरहेको छ । त्यसका लागी उहाँहरु थप गृहकार्यमा लाग्नु भएको छ ।