काठमाडौं । कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश सर्वोच्च अदालतले दिएको छ ।
आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न अन्तरिम आदेश अदालतले दिएको हो ।
काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो ।
उनीहरुले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै रिट दायर गरेका थिए ।