काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज बिहान ११ बजे नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गरेका ५ मन्त्री मध्ये २ जना एउटै जिल्लाबाट प्रतिनिधित्व गर्ने अनुहार परेका छन् ।
पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङवाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन् ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ बाट र केसी दाङ–३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन ।
एउटै जिल्लावाट दुई जनालाई मन्त्री बनाएको भन्दै पार्टीभित्रै निवर्तमान मन्त्रीहरुले आपत्ति जनाएपनि अन्ततः पार्टीको निर्णय अनुसार उनीहरुले आज सपथ ग्रहण गरेका छन् ।